कमला नदीको बीच टापुमा फसेका तीन जनाको सकुशल उद्धार | Khabarhub Khabarhub

कमला नदीको बीच टापुमा फसेका तीन जनाको सकुशल उद्धार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ ।

रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउना साथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारी छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ३ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६