पहिरनले ट्रोल बने रणवीर | Khabarhub Khabarhub

पहिरनले ट्रोल बने रणवीर


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनयका कारण दर्शकलाई प्रभावमा पारेका छन् नै पहिरन शैलीले पनि उनीप्रति दर्शकको चासो उत्तिकै छ ।

कैयौं पटक उनी यस्तो पहिरन लगाउछन्, त्यो पहिरन चर्चाको विषय बन्छ । हालै रणवीरले एक ब्राण्डका लागि फोटोसुट गराए र त्यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । तस्वीर सार्वजनिक हुनासाथ उनको मिम्स र ट्रोल बनाउन सुरु भयो ।

ट्रोलरले रणवीर दीपिकाको कपडा किन्न जाँदा उनी आफैंले लगाएर त्यसको परीक्षण गरेको भन्दै मिम्स बनाइरहेका छन् । कतिपयले उनलाई सन् २०२१ को खिलजी भनेका छन् । कतिले भने उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग गरेका छन् । उनीहरुले रणवीरलाई ‘सस्तो जेरेड लेटो’समेत भनेका छन् ।

रणवीर चाँडै ब्रिटिश एडभेञ्चरर बेयर ग्रिल्सका साथ नेटफ्लिक्सका लागि एक शो बनाउदैछन् । यसबाहेक उनी फिल्म ‘८३’, ‘सूर्यवंशी’, ‘सर्कस’मा देखिँदैछन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : १४ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको