४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ | Khabarhub Khabarhub

४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही-  हत्या आरोपमा ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जनालाई ४४ वर्षपछि रुपन्देहीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डा. मनोज केसीका अनुसार पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन् ।

उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।  एसपी केसीका अनुसार २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या भएको थियो ।

सर्वोच्च अदालतले दुबै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुबै जना हालसम्म फरार थिए ।

प्रहरीले दुबै अभियुक्तलाई जिल्ला अदालत रूपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ४० बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे