सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सवारी ज्यान मुद्दामा  विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्।

मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् ।

कार्कीले मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका थिए ।

गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

रबिनविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार जिल्ला अदालत मोरङमा ‘सवारी ज्यान मुद्दा’ को कसुरमा अभियोग दर्ता गराएको थियो। रबिन नेपाली काँग्रेसकी प्रदेश- १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०