उज्वल थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महशुस गर्नेछ : नेकपा एमाले | Khabarhub Khabarhub

उज्वल थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महशुस गर्नेछ : नेकपा एमाले


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले शोक वक्तव्य जारी गर्दै एक असल राजनीतिज्ञ गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।

‘नेपाली राजनीतिक क्षितिजमा नयाँ आशा र नयाँ दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक, सामाजिक व्यक्तित्व विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल बहादुर थापाको ४४ औँ वर्षको उमेरमा असामयिक निधनको खबरले नेकपा (एमाले) स्तब्ध भएको छ ।’ जारी विज्ञप्ति भनिएको छ ।

त्यस्तै थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महसुस गर्ने तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैगरी एमालेले शोकको घडीमा रहेका परिवारजन र पार्टीपंक्तीप्रति गहिरो संवेदना व्यक्त गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ५१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन