बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभाव भएको इस्टुको आरोप | Khabarhub Khabarhub

बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभाव भएको इस्टुको आरोप


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सरकारले बजेटमा संस्थागत शिक्षक र विद्यार्थीलाई भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । इस्टुले विज्ञप्ति जारी गर्दै सरकारले जेठ १५ गते जारी गरेको बजेटमा निजी विद्यालयका शिक्षक र विद्यार्थीलाई भेदभावपूर्ण कार्य गरेको आरोप लगाउँदै आलोचना गरेको हो ।

‘लकडाउन अवधिको तलब सरकारले बेहोर्नु पर्छ’ भन्ने माग राखे पनि त्यसको सुनुवाइ नभएको इस्टुले गुनासो गरेको छ । अहिलेको बजेटमा पनि विगतमा जस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने र यसको दायरा असङ्गठित क्षेत्रसम्म पुर्‍याउने कुरा आएको तर सुरक्षा कोष अनिवार्य नगर्नेलाई सरकारले कुनै कारबाही नगरेकाले विश्वास गर्ने आधार नभएको इस्टुले जनाएको छ ।

नि:शुल्क पाठ्यपुस्तक वितरण, स्यानिटरी प्याड वितरण र ल्याप्टप किन्न दिइने ऋणमा पनि सार्वजनिक विद्यालय मात्रै तोकेर एउटै देशका बालबालिकामा राष्ट्रले विभेद गरेको आरोप लगाएको छ । ‘कि सरकारले निजी लगानीका विद्यालयमा पढ्ने बालबालिका हाम्रा होइनन् भन्नु पर्‍यो कि भेद्भाव गरेको देखिनु भएन, विज्ञप्तिमा भनिएको छ ।’

संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू सरकार र विद्यालय सञ्चालक दुवै निकायबाट चरम शोषणमा परेको पनि इस्टुको दुखेसो छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : १२ बजे

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्