ऐश्वर्याको अनुहारसँग मिल्दाजुल्दा यी पाँच मोडल | Khabarhub Khabarhub

ऐश्वर्याको अनुहारसँग मिल्दाजुल्दा यी पाँच मोडल


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै हुने गरेको छ ।

जीन्यूजका अनुसार ऐश्वर्या जस्तै देखिने कैयौ सोसियल मिडिया सेन्सेसन पनि छन् । जसका तस्वीर भाइरल भइरहन्छन् । ऐश्वर्या जस्तै देखिने ५ मोडल र सोसियल मिडिया इन्फ्यून्सरका बारे जीन्यूजले लेखेको छ ।

ऐश्वर्यासँग मिल्ने अनुहारमा आमना इमरानको नाम हालै जोडिएको छ । आमना पाकिस्तानी महिला हुन् । उनी पेशाले मेडिकल व्यवसायी हुन् ।

सामाजिक सञ्जाल स्टार अमूज अमृताको तुलना पनि ऐश्वर्यासँग गरिएको छ । ऐश्वर्याको फिल्मी दृश्य रिक्रिएट गरेको उनको एक भिडियो निकै भाइरल भएको थियो ।

मराठी अभिनेत्री मानसी नाइकको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । अभिनेता सलमान खानले फिल्ममा ल्याएका अभिनेत्री स्नेहा उल्लालको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । उनलाई कतिपयले ऐश्वर्याको कपी नै भन्ने गरेका छन् ।

इरानी मोडल महलाघा जबेरीलाई पनि ऐश्वर्याको कपी मानिन्छ । महलाघाको खैरो आँखादेखि लिएर ओठसम्म ऐश्वर्यासँग मिल्ने गरेको छ ।

महलाघा भारत आइसकेकी छन् । उनी सन् २०१९ मा भारत आएकी थिइन् । उनले एक मन्दिर बाहिर फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६