काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सं‌क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ ।

निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

बैठकमा पछिल्लो साताको कोरोना संक्रमणदर, स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गर्दै निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

गत वैशाख १६ गतेदखि निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमणदर नघटेपछि एक सातादेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको थियो ।

यो हप्ताको कोरोना संक्रमण दरको अध्ययनका साथै आम सर्वसाधारणको अवस्थालाई ख्यालमा राख्दै निषेधाज्ञाबारे निर्णय लिने प्रजिअ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : १६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको