यूएईले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल पठाउने | Khabarhub Khabarhub

यूएईले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल पठाउने


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले दोस्रो लहरको कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठक यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी दिएको हो ।

यूएई सरकारले कोभिड-१९ बाट सङ्‌क्रमित नेपालीहरूको सहयोगका लागि १ सय ५० भेन्टिलेटरसहित अन्य अत्यावश्यक स्वास्थ्य उपकरणहरु पठाउन लागेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त बैठकमा कोभिड-१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध पक्षहरूमा छलफल भएको थियो।

मन्त्री ज्ञवालीले यूएई सरकारले नेपाललाई कठिन समयमा सदैव सहयोग गर्दै आएको स्मरण गर्दै यूएईमा रहेका नेपाली समुदायलाई उपलब्ध गराउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

युएई सरकारले गत वर्ष अप्रिलमा पनि नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यस्तै, नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन नेपाली दूतावास यूएई र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समिति मार्फत सहयोग उठाइरहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका