एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिदको निर्णय | Khabarhub Khabarhub

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिदको निर्णय


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षझैँ  आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो ।

अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

यस्तै बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने भएको छ ।

बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : २८ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले