शील स्वभावबाट दुःख नाश हुन्छ – चाणक्य | Khabarhub Khabarhub

शील स्वभावबाट दुःख नाश हुन्छ – चाणक्य


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आचार्य चाणक्य एक श्रेष्ठ विद्वान थिए । उनमा राजनीति र कूटनीतिको ज्ञान थियो । जसलाई उनले लिपिबद्ध गरे र चाणक्य निति ल्याए ।

चाणक्य नीतिमा चाणक्यले व्यक्तिको जीवनमा आउने राम्रो र खराब समयमा मानिसले कसरी प्रतिक्रिया दिने भन्ने बारे समेत उल्लेख छ । यही कारणले सयौं बर्षपछि उनको नीति आज पनि प्रासंगिक छ । यदि कुनै मानिसको जीवनमा कष्ट आउँछ वा दरिद्रता आउँछ भने त्यस समयमा के गर्ने भनेर चाणक्यले लेखेका छन् :

आचार्य चाणक्यले चाणक्य नीतिमा पाचौ अध्यायको ११ औं श्लोकमा लेखेका छन्,

दारिद्र्यनाशनं दानं शीलं दुर्गतिनाशनम् ।
अज्ञाननाशिनी प्रज्ञा भावना भयनाशिनी ।।

अर्थात, दान दिदाँ दरिद्रता नाश हुन्छ, शील स्वभावबाट दुःख नाश हुन्छ र बुद्धिले अज्ञानतालाई नष्ट गर्दछ । साथै भावनाले भय नाश गर्दछ ।

चाणक्यले यस श्लोकमा भने अनुसार गरीबी नष्ट गर्ने सबैभन्दा सरल उपाय भनेको उदार बन्नु हो । मसंग केही छैन भनेर अरुको मद्दत गर्नुको सट्टा दान र पुण्य कर्म गर्नु पर्दछ । यसो गर्दा दरिद्रता नाश हुन्छ ।

यदि कुनै मानिस कुनै प्रकारको दु:ख वा समस्यामा छ भने उसले सदैव व्यवहार नम्र बनाउनु पर्दछ । व्यवहार सही र नम्र भएमा कष्टबाट चाँडै समाधान मिल्न सक्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६