शरीरमा पानी कमी भए के हुन्छ ? दैनिक कति पिउने ? | Khabarhub Khabarhub

शरीरमा पानी कमी भए के हुन्छ ? दैनिक कति पिउने ?


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

यदि शरीरमा पर्याप्त तरल पदार्थ भए मूत्र नली स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ । तर पानी कम भएमा पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा जम्छन् र यहि पत्थरीका रुपमा देखा पर्दछ ।

शरीरमा पानीको आपूर्ती गर्न पानी पिउनुका अलावा पानीयुक्त खानेकुरा, फलफूल जस्तै तरबुजा, कांक्रा, सागपात, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे पनि शरीरमा पानीको कमी हुदैन ।

शरीरमा पर्याप्त मात्रामा पानी भए पाचन प्रणालीले राम्ररी काम गर्दछ, कब्जियत हुदैँन । शरीमा पानीको कमी भए माइग्रेनको दुखाइ हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय पनि लम्बिन सक्छ । तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी भने पिउनु हुदैँन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : ०५ बजे

सुनको मुल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु