ओलीको 'ताण्डव'लाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ : नेता भुसाल | Khabarhub Khabarhub

ओलीको ‘ताण्डव’लाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ : नेता भुसाल


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्रीको तर्फबाट दुनियाँसँग माफी मागेका छन्।

नेकपा एमालेको ओली पक्षले निलम्बन गरेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो अध्यक्षको तर्फबाट भएको गल्तीका कारण आफूले माफी मागेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले प्रधानमन्त्री ओलीमा असीमित सत्ताभोगको अतृप्त तृष्णाले ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु।’

भुसालले ओली समूहलाई राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रको हुर्मत लिएको भन्दै त्यो अपूरणीय भएको उनले बताएका छन्।

‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ उनले लेखेका छन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची…

Posted by Ghanashyam Bhusal – घनश्याम भूसाल on Thursday, 1 April 2021

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ३२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६