ठोरी–माडी सडकखण्डमा १२ वटा पुल निर्माण हुँदै | Khabarhub Khabarhub

ठोरी–माडी सडकखण्डमा १२ वटा पुल निर्माण हुँदै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल निर्माण गरिने भएको छ ।

रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७ दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर रहेको छ ।

यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुलको निर्माण भइरहेको छ ।

सो खोलामा रहेका पुलको निर्माणकार्य सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेको सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत रहेको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्न बालीलाई समेत बजारीकरण गर्न सजिलो हँुदै जाने किसान विजय पण्डितको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ४५ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक