विघ्नबाधा हटाउन भगवान गणेशलाई कसरी पार्ने खुसी ? | Khabarhub Khabarhub

विघ्नबाधा हटाउन भगवान गणेशलाई कसरी पार्ने खुसी ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ ।

आज मंगलबार, मंगलवारको दिन कुन भगवानको पूजा गर्ने ? विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । हेरौँ, मंगलवारमा  कुन भगवानको पूजा गरिन्छ त ।

मंगलवारः नेपाली पात्रो अनुसार मंगलबारको दिन हप्ताको तेश्रो दिन हो। हिन्दु धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई  भगवान गणेशको वार मानिन्छ ।

साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

यसरी गर्नुहोस् पूजा

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

संकल्प

संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

आह्वान

ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

आसन

भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

पाद्यं (भगवान गणेशका पाउ धुनु)

ॐ गं गणपतये नमः पादयोः पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।

अर्घ (हात धुनु )

आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नमः हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।

आचमन (मुख शुद्ध पारिनु)

ॐ गं गणपतये नमः आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।

पंचामृतले स्नान

ॐ गं गणपतये नमः पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ । पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।

शुद्ध जलले स्नान

ॐ गं गणपतये नमः शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।

वस्त्र समर्पण

ॐ गं गणपतये नमः वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।

गन्ध समर्पण

ॐ गं गणपतये नमः गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।

पुष्प अर्पित

ॐ गं गणपतये नमः पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।

अक्षता अर्पित

ॐ गं गणपतये नमः अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।

धूपले पूजा

ॐ गं गणपतये नमः धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।

दीप देखाउनु

ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।

आरती

ॐ गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।

प्रदक्षिणा

हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नमः प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।

पुष्पाञ्जलि

ॐ गं गणपतये नमः पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।

नेवैद्य अर्पण
ॐ गं गणपतये नमः नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।

पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन । ॐ गं गणपतये नमः फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ । ॐ गं गणपतये नमः मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।

ॐ गं गणपतये नमः पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि । आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ । एकाग्र तथा एकचित्त भई जीवनमा खुश, शान्ति र समृद्धिको कामना गर्नुपर्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ५ : २७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले