पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने | Khabarhub Khabarhub

पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएका छन् ।

कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान–अन–वान) गर्नेछन् ।

कोरोनाभाइरस महामारी, हिंसा र कमजोर सरकारी सेवाका कारण निकै दबाबमा रहेको इराकी सरकारका पदाधिकारीसँग पनि उनले भेटवार्ता गर्नेछन् ।

युद्धको चपेटामा परेको इराकमा इसाई समुदायको जनसंख्या सन् २००३ मा १५ लाख रहेकामा हाल करिब चार लाख मात्र रहेका छन् ।

तीन दिने यस भ्रमणका क्रममा पोप फ्रान्सिसको कोरोनाभाइरस महामारी फैलिन थालेयता पहिलो हो । बग्दाददेखि शिते धर्मगुरु बस्नुहुने नजाफ शहरसम्मको मार्गमा पोपलाई स्वागत गर्न तुल, ब्यानर राखिएका छन् ।

इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ । यहाँका इसाईहरु आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य रहेका छन् ।

यसअघि पोल जोन पल द्वितीयले सन् २००० मा इराक भ्रमण गर्ने योजना बताएका थिए तर तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले उनको भ्रमण रद्द गरिदिएका थिए । उनले पोप बन्नु भएका बेनेडिक्ट सोह्रौंले बग्दाद भ्रमणको प्रयास गरेका थिए ।

सन् २०१३ मा निर्वाचित भएपछि फ्रान्सिसले इराक भ्रमण गर्ने योजना अघि सारेका थिए ।

सन् २०१९ राष्ट्रपति बरहाम सालेहले औपचारिक रुपमै पोप फ्रान्सिसलाई इराक भ्रमणको निम्तो दिएका छन् । वर्षौंदेखि युद्धमा होमिएको मुलुकमा शान्तिको सन्देश फैल्याउन पनि पोपको भ्रमणले मद्दत गर्ने राष्ट्रपति सालेहको विश्वास छ ।

अन्तर–धार्मिक सम्बन्ध सुदृढीकरणमा विश्वास राख्ने पोपले यसअघि टर्की, मोरक्को र युनाईटेड अरब इमिरेट्स समेतका मुस्लिम मुलुकहरुको भ्रमण गरिसकेका छन् ।

–एएफपी

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ३० बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार