पतन नहुँदासम्म केपी ओलीले गडबड र षड्यन्त्र गरिरहन्छन्: दाहाल | Khabarhub Khabarhub

पतन नहुँदासम्म केपी ओलीले गडबड र षड्यन्त्र गरिरहन्छन्: दाहाल


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले ओलीले नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्चले हराइदिएको छ, अर अझ बलियो भयौँ भनेर हिँडिरहनु भएको छ, कसरी बलियो भइयो ?’ उनले भने, ‘राजीनामा दिनु कता हो कता, अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र ?’

प्रधानमन्त्री ओलीले देखाइदिन्छु भनेको संकटकाल लगाउँछु भन्ने खोजेको हो कि भन्दै दाहालले भने, ‘उहाँ त अहिले पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक रुपमा उहाँको प्रतिगमनलाई सर्वोच्चले खारेज गरेपछि उहाँ प्रधानमन्त्री पदमा एक क्षण बस्न लायक पनि हुनुहुन्न ।’

ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप लगाउँदै दाहालले भने, ‘प्रतिक्रियावादीहरु षड्यन्त्र गर्छन्, सफल हुँदैनन्, फेरि बेइमानी, षड्यन्त्र गर्छन् सफल हुँदैनन् । जबसम्म पतन हुँदैनन् तबसम्म षड्यन्त्र र गडबड गर्छन् । केपी ओली पनि यही बाटोमा हिँडेका छन् । ओली प्रतिक्रियावादी पात्रको एउटा रुप हो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ४४ बजे

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको

बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने

महोत्तरी– राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

मनिला– फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार