कंगनाविरुद्ध वारेन्ट जारी | Khabarhub Khabarhub

कंगनाविरुद्ध वारेन्ट जारी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले अभिनेत्री कंगना रनावतविरुद्ध वारेन्ट जारी गरेको छ । बलिउडका प्रख्यात गीतकार तथा लेखक जावेद अख्तरको मानहानी मामलामा सुनुवाई गर्दै कोर्टले वारेन्ट जारी गरेको हो ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार गत वर्ष जावेदले कंगनाविरुद्ध मानहानीको निवेदन दर्ता गराएका थिए । कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको सन्दर्भमा एक अन्तरवार्तामा बलिउडमा कथित रुपमा गुटबन्दीको चर्चा गर्दै जावेद अख्तरको नाम घुसाएर अपमानजनक टिप्पणी गरेकी थिइन ।

जावेदले कंगनाको यही आरोपविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका थिए । सोमबारमात्र कोर्टले गीतकारको मामलामा सुनुवाई गरेको हो ।

यसअघि कोर्टले यो मामलाको सुनुवाई फेब्रुअरी १ मा गरेको थियो । त्यो समयमा कंगनालाई कोर्टमा उपस्थित हुन आदेश दिइएको थियो । तर उनी कोर्टमा आइनन् ।

यसपछि कोर्टले यो मामलाको सुनुवाईका लागि मार्च १ को तारिख दिएको थियो र कंगनालाई पुनः कोर्टमा उपस्थित हुन आदेश दिएको थियो । तर यसपटक पनि कंगना कोर्टमा पुगिनन् । कोर्टमा उपस्थित हुन असमर्थता जनाएपछि कंगनाविरुद्ध कोर्टले वारेन्ट जारी गरेको हो ।

सोमबार यो मामलामा सुनुवाई भइरहँदा जावेद समयमा नै कोर्टमा पुगेका थिए । उनका वकिल वृंदा ग्रोवरले बहस गरेका थिए । तर कंगनासँगै उनका वकिल कोर्टमा पुगेनन् ।

कंगनाको जुनियर वकिलले कंगनाको तर्फबाट उनका सिनियर वकिल दिउँसो आउने बताएका थिए ।

कंगनाका वकिलले भने कंगनाविरुद्ध जारी भएपछि त्यो वारेन्टविरुद्ध उच्च न्यायालय जाने बताएका छन् । यो मामलामा आगामी सुनुवाई २६ मार्चमा हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६