आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर | Khabarhub Khabarhub

आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरुको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गरे ।

नूनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुने गरेको आशङ्का सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।

वडाध्यक्ष रखालले भने प्रक्रिया सङ्गत ढङ्गले काम गरेको बताए । नूनथर विकास समितिले प्रक्रियासङ्गत तरिकाले काम गरेको उनको भनाइ छ । उनले नगरपालिका र नूनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताए ।

चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नूनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजश्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नूनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : १५ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति