शुभकामना यातायातले थप ४ टाटा बसबाट उपत्यकामा सेवा प्रदान गर्दै | Khabarhub Khabarhub

शुभकामना यातायातले थप ४ टाटा बसबाट उपत्यकामा सेवा प्रदान गर्दै


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुभकामना यातायातको साना ठुला सवारी साधनले चलाउदै आएको विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा पुर्याउदै आइरहेको रुटमा थप ४ बस सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनिका अध्यक्ष सोमनाथ काफ्लेका अनुसार सिप्रदी ट्रेडिङ्ग प्रालीबाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिटर बस प्राप्त भएपछी हालै २०७७ साल फाल्गुन १३ गतेका दिन थप ४ वटा टाटा बस विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्‍याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा बिस्तार गरिएको हो ।

थप भएका बससहित अब शुभकामना यातायातले ६२ वटा बस र मिनिबसबाट उपत्यकामा सेवा दिईरहेको बताउँदै काफ्लेले निकट भबिष्यमा टाटा मोटर्स कम्पनीका सुविधा सम्पन्न बसहरु ल्याई अझ बढी सेवाग्राहिलाई सेवा दिने उदेश्य राखेको बताए ।

नयाँ सेवा सुविधा सम्पन्न टाटा बसको शुभारम्भ कार्यक्रममा सुर्यबिनायक न.पा. वडा नं. १ विरुवामा सुर्यबिनायक नगर कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य अम्बिका न्यौपानेले पानसमा बत्ति बालेर बसहरुको रिबन काटेर बस सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०