प्रवीण बाँस्तोला हत्या प्रकरण : घरबेटी रमेश गिरी पनि पक्राउ | Khabarhub Khabarhub

प्रवीण बाँस्तोला हत्या प्रकरण : घरबेटी रमेश गिरी पनि पक्राउ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक जना  पक्राउ परेका छन् ।

प्रहरीले घरधनी उर्लाबारीका रमेश गिरीलाई पक्राउ गरेको हो । उनलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराउने मोरङ प्रहरीका प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रवीणको हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू तीन जना फरार छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १२ : ३२ बजे

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै