कोरोना खोप : २ करोड १७ लाख ५६ हजारलाई लगाउने लक्ष्य | Khabarhub Khabarhub

कोरोना खोप : २ करोड १७ लाख ५६ हजारलाई लगाउने लक्ष्य


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाल सरकारले कुल जनसंख्याको ७१ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोपको पहिलो चरण पूरा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा युनिसेफ र राष्ट्र संघका नेपाल कार्यालयले अइतबार संयुक्तरूपमा जारी खोपको संक्षिप्त विवरण सार्वजनिक गरेका थिए ।

केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार हाल नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ रहेको छ । यही जनसंख्यामा २ करोड, १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य लिइएको हो । यो लक्षित जनसंख्या कुल जनसंख्याको ७१.६२ प्रतिशत हो ।

स्वास्थ्य तथा सामाजिक क्षेत्र, ५५ वर्ष र सोभन्दा माथिका नागरिकहरू, दीर्घ रोगी, १५ वर्षदेखि ५४ वर्ष उमेरका सबैलाई खोप दिइनेछ । खोपका लागि कुल ४८ अर्ब, ८३ करोड, ४२ लाख, ६५ हजार, ८८९ रुपैयाँ खर्च हुनेछ ।

खोप पाउनेमा नेपालमा रहेका शरणार्थीहरू पनि पर्नेछन् ।

खोपको गुणस्तर (सुरक्षा र प्रभावकारिता), खोप भण्डारणको पूर्वाधार, कम लागत र उपलव्धताका आधारमा खोप खरिद गर्ने मार्गदर्शन रहेको जनाइएको छ ।

पहिलो चरण लक्ष्यको ८६ प्रतिशतले लगाए

कारोना भाइरसविरुद्ध पहिलो चरणको खोप अभियानमा नेपालमा झन्डै ४ लाख ३० हजार जनाले खोप लगाएका छन् ।

पहिलो चरणको खोप अभियान गत माघ १४ गते शुरू भएर फागुन १० गते सकिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिसेफ र विश्व स्वास्थ्य सङ्गगठनका नेपाल कार्यालयले आइतबार संयुक्तरूपमा सार्वजनिक गरेको विवरणअनुसार पहिलो चरणमा कुल ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन् ।

यो संख्या कुल जनसंख्याको १ दशमलव ४ प्रतिशत हो ।

माघ १४ देखि २४ गतेसम्म १८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८०० जनाले खोप लगाए ।

पहिलो प्राथामिकताको पहिलो चरणमा माघ २६ देखि ३० गते सम्ममा ३ वटा केन्द्रमा ३ हजार ४०० सय जनाले खोप लगाए ।

पहिलो प्राथमिकताको दोस्रो चरणमा फागुन २ देखि १० गतेसम्ममा २२२ केन्द्रबाट २ लाख ४० हजार जनाले खोप लगाए । यसरी पहिलो चरणमा ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन् ।

पहिलो चरणको खोप अभियानमा स्वास्थ्य तथा सामाजिक क्षेत्रका गरी कुल ५ लाख ७ हजार ६०६ जनालाई खोप दिने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा ७७ हजार ९०१ जना कमले खोप लगाए । लक्ष्यको ८४ दशमलव ६५ प्रतिशत खोप लगाएका छन् । सरकारले यसलाई खोप अभियानको सफलता मानेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयं सेविकाहरू, सार्वजनिक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी कर्मचारी, वृद्धाश्रममा आश्रित नागरिक र हेरालु कर्मचारी तथा कैदी बन्दीहरू प्राथमिकतामा थिए ।

निजामती, संस्थान तथा बैंकका कर्मचारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरू पनि यस चरणमा थिए ।

पहिलो प्राथमिकताको पहिलो चरणमा कूटनीतिज्ञ, दूतावासका कर्मचारी, पत्रकार, र अग्र पङ्क्तिमा खटिएका संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरू पनि थिए ।

संयुक्त राष्ट्र संघ तथा कूटनीतिक नियोगका कर्मचारीहरू १ हजार १४० जनाले, अन्तर्राष्ट्रिय सीमामा खटिएका कर्मचारी १ हजार ३९४ जनाले, नेपाली सेना १ हजार ५१७ जनाले पहिलो खोप लगाएका छन् ।

अन्यमा १ हजार ६४१ जनाले, एम्बुलेन्स तथा शववाहन चालकहरू १ हजार ७६५, वृद्धआश्रममा आश्रित नागरिक र हेरालु कर्मचारी ३ हजार ३३८, जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालयका ३ हजार ७५१, कोभिड १९ का कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी ४ हजार ८६०, सार्वजनिक सफाइकर्मी ६ हजार ५५५ जनाले पहिलो खोप लगाएका छन् ।

पहिलो चरणमा खोप लगाउने पत्रकारको संख्या ६ हजार ७८९ रहेको छ । जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी २१ हजार ६०, प्राधिकरणका कर्मचारी १८ हजार ८६९, सशस्त्र प्रहरी २२ हजार १४९, जनपद प्रहरी ३२ हजार २२५, महिला स्वास्थ्य स्वयम् सेविकाहरू ३२ हजार ९३६, स्थानीय तहमा निर्वाचित तथा जनप्रतिनिधि र कर्मचारी ३३ हजार ६९५, बैंक कर्मचारी ४९ हजार ७६९, जिल्ला तथा पालिकास्तरका कर्मचारीहरू ४८ हजार २ सय ६६ जनाले पहिलो खोप लगाएका छन् ।

प्रदेश अनुसार खोप लगाउनेको संख्या

पहिलो चरणमा खोप लगाउनेको सबैभन्दा धेरै संख्या वाग्मती प्रदेशमा छ । सबैभन्दा कम कर्णाली प्रदेशमा छ ।

प्रदेश १ मा ५३ हजार, प्रदेश २ मा ५१ हजार ३००, वाग्मती प्रदेशमा १ लाख ४० हजार ३०० सय जनाले खोप लगाएका छन् ।

गण्डकी प्रदेशमा ४८ हजार ९१०, लुम्बिनी प्रदेशमा ७१ ह्जार ४५१, कर्णाली प्रदेशमा २६ हजार ९७६ र सुदूरपश्चिम प्रदेशमा ३८ हजार २७८ जनाले पहिलो खोप लगाएका छन् ।

दोस्रो चरण फागुन २३ देखि

खोपको दोस्रो चरण यही फागुन २३ गते शुरू हुँदैछ । नेपाल सरकारले भारत सरकारबाट १० लाख कोभिशिल्ड खोप अनुदानमा पाएको थियो । सरकारले भारतबाटै खरिद गरेको थप २० लाख कोभिशिल्ड खोप नेपाल आइसकेको छ ।

नेपालले कोभ्याक्स सुविधाको खोप पनि पाउनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ११ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर