गुरु नानक ज्ञानको प्रसार गर्दै एउटा गाउँमा पुगे । प्रचण्ड गर्मीको कारण उनको घाँटी सुकेको थियो । गुरु नानकलाई तीर्खाले सताएको छ भनेर जमिन्दारको सोह्र वर्षीय छोरो चाँदीको भाँडामा चिसो पानी लिएर आयो ।
गुरु नानकले किशोरको शिरमा हात राखेर मुस्कुराउँदै भने— ‘म तिनै व्यक्तिहरुको हातले दिएको पानीमात्र पिउँछु, जसका हातमा कठिन श्रम गरेको कारण ठेलाहरु छन् । जुन दिन तिमीले खेतमा काम गर्न थाल्नेछौ र तिम्रो हात खस्रा र कठोर हुनेछन्, त्यसैदिन मैले तिम्रो हातबाट पानी पिउनेछु ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया