दर्ता प्रक्रिया पूरा नगरी महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप | Khabarhub Khabarhub

दर्ता प्रक्रिया पूरा नगरी महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाललाई कोरोना महामारीविरुद्ध भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि चीन सशंकित भएको छ ।

भारतले जनवरी १६ मा देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको एक सातामा नै नेपाललाई ‘कोभिशिल्ड’ १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।

नेपालमा गत बुधबारदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । यही अवस्थामा चीनले पनि कोरोनाविरुद्धको खोप नेपाल पठाउने हतारो गरेको छ ।

भारतले नेपाललाई खोप दिनुअघि नेपालमा कोभिशिल्ड खोप लगाउन अनुमति दिइएको थियो । नेपालको खोप नियामक निकायले खोप लगाउन उपयक्त छ कि छैन भन्‍ने यकिन गरिसकेपछि अनुमति दिने अथवा नदिने निर्क्योल गर्दछ ।

तर, चिनियाँ खोप भने नेपालमा दर्ता र अनुमति प्रक्रियाको पालना नै नगरी ल्याउने तयारी भइरहेको छ । सामान्यतया नेपालमा एक उत्पादकको सामग्रीमात्रै ल्याउनका लागि अनुमति दिने गरिन्छ ।

औषधि व्यवस्थापन विभागले सिनोफार्म कोङकिङ मेडिकल डिभाइस कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धो खोप आयातका लागि कुनै एक कम्पनी अनमुति दिन्छ । तर, पी एन्ड जी होल्डिङ प्राइभेट लिमिटेड अथवा हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडमध्ये खोप आयातका लागि कुनै आधिकारिक कम्पनी हो भन्‍ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यद्पि दुईमध्ये कुनै पनि कम्पनीले नेपालको दर्ता प्रक्रिया अनुसार कागजात उपलब्ध गराएको छैन । परराष्ट्र मन्त्रालयले आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।

भारतले पठाउने खोपसँग तुलना गर्दा चिनियाँ खोप निकै महँगो पर्न जान्छ । पी एन्ड जी होल्डिङ्सले जारी गरेको एक पत्र अनुसार सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको बजार मूल्य दुई डोजको १४८ डलर पर्न जाने भए पनि नेपालमा यसलाई प्रति डोज ६० डलरमा उपलब्ध गराउन सकिने जनाएको छ । अनुदानसहितको मूल्य लगाएर प्रति डोज ४५ डलरसम्म उपलब्ध गराउन सकिने पी एन्ड जी होल्डिङ्सले जनाएको छ ।

हाल मुलुकमा ४० मिलियन डोज खोप आयात गर्न सकिने कम्पनीले जनाएको छ । यसरी अनधिकृतरुपमा ल्याउन लागिएको खोपले ठूलो क्षति पुर्‍याउनसक्ने भन्दै सरकोरवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ३१ बजे

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई