गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा « Khabarhub

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ ।

गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।

विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति भने दिइने जनाएको छ भने नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।

विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै विदेशीले यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य रहेको छ ।

यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ४५ बजे

बाढी पहिरो प्रभावितको व्यवस्थापन र राहतमा ध्यान दिन आग्रह

काठमाडौँ- राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र

 डिभिजन वन कार्यालय तनहुँद्वारा उत्कृष्ट सामुदायिक वन पुरस्कृत

दमौली– डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद अधिकारीको माग

काठमाडौँ- एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न

प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन दिन्नौँ : मन्त्री श्रेष्ठ

पोखरा– पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको खवरले सबैभन्दा चिन्ता पोखराका प्याराग्लाइडिङ

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी