प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भ्रातृ संस्थाद्वारा देशभर प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भ्रातृ संस्थाद्वारा देशभर प्रदर्शन (भिडियोसहित)


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ संस्थाले  प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकत्रान्त्रिक भएको भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन् ।

हेरौँ  भिडियो

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

यसैक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले काठमाडौंमा संयुक्त प्रदर्शन गरेको थियो ।

काठमाडौंको रत्नपार्कमा भएको सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सडकबाट प्ररास्त गर्नुपर्ने बताए ।

उनले संसद पुनर्स्थापना हुने भन्दै ओलीले बालुवाटार छाड्ने बेला आएको धारणा राखे । पार्टीको झगडा नमिलाएर ओलीले संसद भंग गरेर जनताको म्यान्डेडलाई अपमान गरेको उनले बताए ।

अब माघ ३० गते जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ०१ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।