विद्यार्थीसँगै मिडिया र फिल्ममेकरलाई ओस्कर कलेजले छात्रवृत्ति दिने | Khabarhub Khabarhub

विद्यार्थीसँगै मिडिया र फिल्ममेकरलाई ओस्कर कलेजले छात्रवृत्ति दिने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको ओस्कार कलेजले यो वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ ।

‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । यसैगरि ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

कलेजले ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले आफूहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वासका साथ यस्तो छात्रवृत्तिको घोषणा गरेको जनाएको छ । ओस्कार कलेजमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो । यसले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि गर्नुका साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन