प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने | Khabarhub Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो ।

यसअघि माघ ७ गते प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित गरिएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री सेरधन राईविरुद्ध दर्ता गरीएको अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको बैठक २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद चुलिएको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४९ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको