प्रचण्ड– नेपाल समूहको नेकपा केन्द्रीय समिति बैठक शुरु | Khabarhub Khabarhub

प्रचण्ड– नेपाल समूहको नेकपा केन्द्रीय समिति बैठक शुरु


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक शुरु भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका नेकपाका अध्यक्षसमेत रहेका केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुमोदन गरी कारबाही गर्ने जनाइएको छ ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । त्यसपछि पनि एक घन्टा ढिलो शुरु भएको हो ।

यस्तै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा जाने या नजाने विषयमा पनि छलफल हुने जनाइएको छ ।

त्यसैगरी पुस ५ गते भएको संसद विघटनको विरोधमा भइरहेका आन्दोलनबारे पनि बैठकमा समीक्षा गरिने एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : १८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६