कतारमा नेपाली श्रमिक लक्षित सचेतनात्मक कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

कतारमा नेपाली श्रमिक लक्षित सचेतनात्मक कार्यक्रम सम्पन्न


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतार र कतार सरकारसँगको संयुक्त सहकार्यमा सचेतनात्मक सम्पन्न गरेको छ ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ, नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाल लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको अध्यक्ष मुसलमानले बताए ।

यस विषयमा अझै नजानेका कुराहरू एनआरएनए कतारको अधिकारिक ईमेलमा आफ्नो जिज्ञासा् पठाउन अनुरोध गर्दै प्राप्त जिज्ञासा सम्बन्धित मन्त्रालयबाट जानकारी लिएर जवाफ दिइने उनले बताए ।

केही समयअघि कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो नयाँ पारिश्रमिक आगामी मार्च महिना देखि लागू हुने बताईएको छ ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ। कतारमा करिव ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ३५ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१