चीनमा अरबौं घुस खाने पूर्व बैंकरलाई दिइयो मृत्युदण्ड | Khabarhub Khabarhub

चीनमा अरबौं घुस खाने पूर्व बैंकरलाई दिइयो मृत्युदण्ड


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरबौं रुपैयाँ घुस खाने एक पूर्व बैंकरलाई मृत्युदण्ड दिइएको छ । चीनको एक बैंकका यी शीर्ष अधिकारीलाई शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ ।

५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो । अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो । आफ्नो मूल परिवारभन्दा बाहिर उनी एक महिलासँग पतीपत्नीको रुपमा बसिरहेका थिए ।

गोप्य परिवारमा उनका एक सन्तान पनि थिए । लाइ शाओमिनले घुसको रुपमा यति ठूलो रकम २००८ देखि २०१८ को बीचमा लिएका थिए । शाओमिन चाइना हुआरोङ्ग एसेट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष पनि थिए ।

५ जनवरीमा तिआनजिनको सेकेण्डरी इन्टरमिडियट पिपुल्स कोर्टले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि सर्वोच्च अदालतले फैसलाको पुनरावलोकन पनि गरेको थियो ।

फैसलाको पुनरावलोकनको क्रममा उनले समाजलाई जति नोक्सानी पुर्‍याएका छन् त्यो उनले गरेका राम्रा काममाथि भारी पर्ने भएको ठहर गर्दै मृत्युदण्डको सजाय कायम राखिएको थियो ।

यसअघि शाओमिनको एउटा भिडियो पनि प्रसारण भएको थियो जसमा उनले आफ्नो अपराध स्वीकार गरेको देख्न सकिन्छ । सरकारी टिभीमा शाओमिनको बेइजिङस्थित एक अपार्टमेन्टका कैयौं भाग पैसाले भरिएको पनि देखाइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : २४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका