चलचित्र ‘कौसिद’को शुभ मुहूर्त, माघ १ गतेबाट छायांकन थालिने | Khabarhub Khabarhub

चलचित्र ‘कौसिद’को शुभ मुहूर्त, माघ १ गतेबाट छायांकन थालिने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘कौसिद’को शुक्रबार चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ ।

निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन ।

चलचित्रकर्मी केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए । सोसल ड्रामा जनरामा बन्न लागेको चलचित्र ‘कौसिद’को आगामी माघ १ गतेदेखि छायांकन थालिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने अन्य कलाकारहरु अडिसनबाट छनोट गरिने जनाइएको छ ।

मध्यम वर्गीय व्यक्तिले जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्नुपर्छ भन्ने विषयमा चलचित्र केन्द्रित हुने बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाए ।

औँठा छाप सहितको फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । सार्वजनिक गरिएको टीजर पोस्टर अनुसार नव बिजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मको पट्कथा लेखेका हुन् ।

लक्षमण वानिया सह निर्माता रहेका छन् । फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा. निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराई, सदिक्षा गौतम, संदिप लोहनी, बिजय सुब्बा, कमल मण्डल लगायतका छन् भने फिल्मको छायांकन निशल पौडेलले गर्नेछन् ।

कोरोना महामारीका कारण झण्डै १० महिनासम्म चलचित्र क्षेत्रका गतिविधि बन्दा हुँदा यस क्षेत्रमा आवद्धहरु मारमा परेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ५३ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ