हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।

‘स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । अहिले आएर नेकपा मात्र नभएर, वस्तुगत रुपमा एमाले नै दुई फ्याक भएको अवस्था छ’, उनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो ।

राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारी लगायतका माग अघि सारेको छ ।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोही अवसरमा लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए ।

विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे । संसद विघठन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए ।

अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्पाना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नु पर्ने बताए ।

राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो, लोहनीले भने ।

भृकुटीमण्डपबाट सुरु भएको विशाल  र्‍याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ०२ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले