नक्कली सीआईबीको परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ | Khabarhub Khabarhub

नक्कली सीआईबीको परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा सीआईबीको नक्कली परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सीआईबीको नक्कली परिचयपत्र र स्ट्याम्प बनाउने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज, दस्तखत, छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले खनतलासी लिएको थियो ।

धनुषाको प्रहरी उनायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले खानतलासी गर्दा होटलको कोठा नम्बर एक सय ६ बाट ४ जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका–१ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समीर साह, महोत्तरी भङ्गहा नगरपालिका–९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका –२ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुका खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०