बुढो मरेको चिन्ता होइन, काल पल्केको भन्ने चिन्ता बढ्यो : जितेन्द्र नारायण देव | Khabarhub Khabarhub

बुढो मरेको चिन्ता होइन, काल पल्केको भन्ने चिन्ता बढ्यो : जितेन्द्र नारायण देव


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संसद विघटन असंवैधानिक कदम भएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् । उनले तपाइँको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् ।

राष्ट्रियसभा बैठकका क्रममा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र बलिदान २००७ साल पश्चात निरन्तर संघर्ष आन्दोलन, मधेश आन्दोलन जनयुद्ध र लोकतन्त्र ल्याएको अवस्थामा यो नै समाप्त हुने लक्षण आकाशमा मडारिएको छ । वर्तमान राजनीतिको अवस्थाको बारेमा केपी शर्मा ओली सरकारले वेवास्ता गरेको छ ।’

उनले ७ अप्रिल सन् १८३७ को डेनमार्कको लेखकको कथा सुनाउँदै भने, ‘महाराजाका नयाँ लुगा भनेजस्तै नेपालको अहिलेको वर्तमान परिस्थितीलाई त्यो कथाले अत्यन्तै सांकेतिक रुपमा प्रतिकात्मक रुपमा प्रतिबिम्बन गरेको छ । महाराज नयाँ लुगा लगाइदिएर उनका अन्धभक्तले घुमाइरहेका हुन्छ । नेपालमा पनि त्यो अवस्था भइरहेको प्रति उनी दुखी सुनिए । ठिक गरेँ संवैधानिक गरेँ भनिरहेका छन् । यो गलत हो । त्यो विज्ञप्ति पनि संविधानले भन्छ ७६ को १ देखि १० देखाएर असंवैधानिक कदमका कारण देश दुर्घटनाको नजिक पुगेको छ । कुहिरोको कागजस्तो वा कालो तुवाँलोभित्र उडेको काग दिशाहिन छ । अलोकतान्त्रिक छ । विधिको शासनमामा विश्वास गर्ने भएकोले नेपाली कांग्रेस सर्वोच्चको फैसला कुरेर मात्रै अन्य कुरा गर्छ । यो संविधान बनाउने सहभागि भएको नाताले उनले ७६ राख्दै गर्दा कतिबेला प्रधानमन्त्रीले कतिबेला गर्ने भन्ने विषयमा लामो विषय चर्चा भएको थियो । राजनीतिक अस्थिरताको शिकार थियो त्यसैबखत तिनै कुरालाई लिएर राजनीतिक स्थिरता दिने कुरा हामी गम्भीर भएर बनाएका हौँ ।’

राजनीतिक सन्दर्भलाई लिएर उनले भने, ‘म पनि एउटा कानूनको विद्यार्थी हूँ, ७६ को १ देखि १० मा कहिँपनि बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइएको छैन । संसदलाई जाँचको मौका दिँदा फेल भयो भने मात्रै त्यो बिन्दुमा प्रतिनीधिसभा विघटनको प्रस्ताव लिएर राष्ट्र पतिकहाँ जाने हो । यसअघि ३ पटक यो घटना भएको भन्दै हामीले यो गरेका थियौँ । तर जनताको सार्वभौमसत्ता जनताको प्रतिनीधि बस्ने ठाउँ मर्नु वा मारिनु हुन्न । जनताको सार्वभौमिकतामाथी कार्यकारीले हस्तक्षेप गर्न पाइँदैन ।’

उनले अहिलेको संसद सुप्रिमेसी अफ पार्लियामेन्ट हो कि सुप्रिमेसी अफ प्राईमिनिस्टर हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्री आफ्नो लोतन्त्रवादीको प्रशन तपाईले पार्टीभित्र समस्या भयो । पार्टीभित्रै समस्या हो तपाईको समस्या हो । बहुमत पार्टीभित्रै बनाउने हो नि । संसद विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? जनताको प्रतिनीधि हामी भन्दै दुनियाँमा कोहि पनि कम्युनिष्टले यस्तो गर्दैन । सरकार अधिनायकवादतर्फ लम्किरहेको छ ।’

उनले उत्तर र दक्षिणबाट फाष्ट ट्याकमा नेपाल उत्रने र जाने देखिएको अवस्था र चलखेलले गर्दा नेपालको राष्टियतालाई कति बलियो पार्छ ? भन्दै प्रश्न गरे । उनले भने यति होल्डिङ देखि प्रिन्टिङ प्रेसको कुरा गर्दा यो सरकार भ्रष्टाचारमा लिप्त रहेको कुरा सबैलाई थाहा भएको छ ।

उनले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाए । उनले थपे, ‘समृद्ध नेपाल सुखी नेपाली नारा बहुतै राम्रो छ तर सरकार दरिद्र नेपाल दुखी नेपाली को अवधारणामा जान्छ कि ? भन्ने मेरो आशंका कोभिडको बेला प्रष्ट भयो ।’

यी यावद विषलाइ हेर्दा ‘बुढो मरेको भन्ने होइन, काल पल्केको भन्ने चिन्ता’ बढेको उनले बताए । उनले फोन ट्रयापिङको विषयमा समेत जवाफ मागेका छन् । उनले विदेश चलखेल समेत बढेको बताउँदै वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले संसदको गलत राजनीतिक चिन्तन सरकारले बिजनेस नै दिदैन किन बस्नु पर्‍यो ? भन्दै प्रश्न गरे । यो राजनीतिक बुझाइ गलत भएको उनको भनाइ थियो । विधेकमा छलफल गर्ने संसदको काम भए पनि जनताका दैनिक समस्या, राष्ट्रिय समस्याका बारेमा बोल्ने ठाउँ भएको हुँदा बुझाइमा परिवर्तन गर्नुपर्नेतर्फ सचेत गराए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द