देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१  हजार १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ ।

थप ७४८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ८  कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८  कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को पर्सामा २, बारामा १, रौतहटमा १, सप्तरीमा २ र सर्लाहीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा १३४, काभ्रेमा १, चितवनमा १३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा ३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १, म्याग्दीमा १, लमजुङमा २, बागुलङमा १ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ४, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २३, रुपन्देहीमा १२ र रोल्पामा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १-१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा ४, दार्चुलामा ४ र बाजुरामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : १९ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा