कोरोना वर्ष २०२० मा नेपाली खेलकुद | Khabarhub Khabarhub

कोरोना वर्ष २०२० मा नेपाली खेलकुद



काठमाडौँ– सन् २०२० विश्व मानव समाजका लागि कहाली लाग्दो वर्षका रुपमा रह्यो । नेपाली समाजमा पनि त्यतिकै असर गर्‍यो जति अन्य क्षेत्रले व्येहोर्नु पर्‍यो ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको बुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव सभ्यतालाई नै चुनौति दियो । अहिले पनि यसको महामारी कम भइसकेको छैन् । तर, मानिसहरु विस्तारै यससँग जीवन जिउन थालिसकेका छन् ।

कोरोना भाइरसका कारण गएको वर्ष मानिसहरु धेरै समय घरभित्र र कम समयमात्रै बाहिर वा काममा समय बिताए । आर्थिक, व्यावसायिक क्षेत्रमा निकै ठूलो असर गरेको कोरोनाले सबै वर्गका मानिसहरुलाई असर गर्‍यो ।

काम गरेर खाने वर्गले पनि बिहान बेलुकीको हात मुख जोर्न निकै संघर्ष गर्न पर्‍यो । यस्तैमा नेपाली खेलकुद क्षेत्र पनि ठप्प रह्यो । खेलकुदको विषयमा कुरा गर्दा अहिले पनि भइरहेका खेल गतिविधिमा सीमित संख्यामा दर्शकलाई मैदानमा अनुमति दिइएको छ ।

युरोपका केही देशहरुले दर्शकलाई अनुमति दिएपनि नेपालजस्ता मुलुकहरुमा खेलकुदका गतिविधि समेत २०२० मा सुरु हुन सकेनन् । विस्तारै युरोपियन फुटबल लिगहरु सुरु हुन थाले । तर विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकदेखि टी–२० विश्वकप, युरो कप लगायत २०२० मा तय भएका अधिकाशं अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भए ।

यता, नेपालमा भने २०२० मा धेरै प्रतियोगिता हुनै पाएनन् । सन् २०१९ को अन्तिममा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सफलतालाई समेत राम्रोसँग खुशीयाली साट्न पाएनन् नेपाली खेलाडीले ।

२०२० मा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक शृङ्खला र अक्टोबर महीनामा बंगलादेशमा भएको मैत्रिपूर्ण खेलमात्रै हुन् ठूला प्रतियोगिताहरुमा नेपालले खेलेको ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले खेलेको त्रिकोणात्मक शृङ्खलामा नेपालले अमेरिकासँगका दुई खेलमा जित हात पारेको थियो भने ओमानसँगका दुवै खेलमा हार व्यहोरेको थियो ।

युनिर्भसल बोसको पहिचान बनाएका क्रिस गेल कीर्तिपुरमा हुने एभ्रेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आउने तयारी भइरहेको थियो । तर, नोबेल कोरोना भाइरसका कारण त्यो प्रतियोगिता पनि हुन सकेन । आजका मितिसम्म पनि कहिले र कसरी हुनछ भन्ने कुनै टुङ्गो छैन ।

नेपालको राष्ट्रिय खेल भलिबलका त सागपछि अन्तर्राष्ट्रिय प्रतियोगिता भएकै छैनन् । घरेलु प्रतियोगितामा खेलाडी व्यस्त रहँदा नेपाल सरकारले लकडाउनको घोषणा गरेको थियो ।

व्यक्तिगत स्पर्धाका खेलहरुमा भने तेक्वान्दो र करातेका केही अन्तर्राष्ट्रिय भर्चुअल प्रतियोगितामा खेलाडीहरु सहभागी भए । तर, त्यसले खेलकुदमा कुनै रक्तसञ्चार हुन सकेन । मात्रै खेलाडीको आत्मसन्तुष्टिमै सीमित भए ।

२०२० लाई कोरोना वर्षकै रुपमा विश्लेषण भइरहेको छ । किनकी यो वर्षमा मानिसहरु कोरोकै कारण लामो समय आफ्नो काम र कर्मक्षेत्रबाट टाढा रहे । नेपालका पनि धेरैजसो खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भयो । यद्यपी उनीहरुले सहजरुपमा कोरोनालाई परास्त गर्न सफल भए ।

खेलभित्रका आन्तरिक गतिविधि

२०२० मा खेलाडी मैदान उत्रिन पाएनन् । तर, नीतिगत कुराहरुमा केही परिवर्तन आयो । राष्ट्रिय खेलकुद ऐन २०७७ कार्यान्वयनमा यहीँ वर्षबाट आयो । जसको कार्यान्वयनका रुपमा तत्कालिन सदस्य सचिवसहित राखेप बोर्ड नयाँ प्रक्रियाबाट नियुक्ति भएको छ ।

यद्यपी तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाल दोस्रो कार्यकालका लागि चयन भए । यस्तै, उपाध्यक्षमा शिव कोइराला ज्वाला आए भने राखेप बोर्डले पनि केही सदस्य पाउन बाँकी छ । राखेप बोर्डले पूर्णता पाउन भने बाँकी छ ।

अहिले ऐनको नियमावली बनाउने काम भइरहेको छ । पहिलो मस्यौदा तयार भएर छलफलका क्रममा रहेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी गराएको छ । अघिल्लो सातामात्रै युवा तथा खेलकुद मन्त्री परिवर्तन भएका छन् ।

जगतबहादुर सुनार विश्वकर्मालाई दाबा लामा तामाङले विस्तापित गर्दै कार्यभार सम्हालिसकेका छन् ।

केही आशावादी

२०२० को नोभेम्बरतिर सरकारले सचेत र कोरोनाको सुरक्षा मापदण्ड अपनाएर खेलकुद गतिविधि सुरु गर्न अनुमति दिएको छ । अहिले राष्ट्रिय फुटबल टोलीका खेलाडी फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अभ्यासमा छ ।

यस्तै, कोरोना महामारीले बीचमै स्थगित भएका शहीद स्मारक बी, सी, डिभिजन लिग र प्रदेश लिगहरु संचालन गर्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले छलफल गरिरहेको छ । क्रिकेटका खेलाडीहरु पनि अभ्यासमा छन् ।

कोरोनाको असर कम हुँदै गए नेपालले मार्चमा चाइनिज ताइपेइ र अस्ट्रेलियासँग काठमाडौँमा विश्वकप छनोटका खेल खेल्नेछ । आईसीसीले विश्वकप लिग २ का खेल तालिका सार्वजजिक गरिसकेको छ । त्यसअघि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ ।

महिला भलिबल टोलीले पनि एसियन भलिबल च्याम्पियनसिप खेल्ने तयारी गरेको छ । यदि एसियन भलिबल फेडेरेसनले अनुमति दिए अगस्टमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ ।

यस्तै, टोकियो ओलम्पिकका लागि पनि खेलाडीहरु अहिले अभ्यासमा छन् । त्यसैले पनि यो वर्ष खेल तालिका निकै व्यस्त रहनेछ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ३३ बजे

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।