जलवायु परिवर्तनमा फर्किएको आशा | Khabarhub Khabarhub

जलवायु परिवर्तनमा फर्किएको आशा



चार वर्षअघि यस्तै समयमा जलवायुका क्षेत्रमा काम गर्ने समूहका व्यक्तिहरू विस्मात अवस्थामा थिए ।

सिङ्गो विश्व जलवायु परिर्वतनजस्तो अत्यन्तै संवेदनील समस्या समाधानका लागि उपाय खोज्दै गर्दा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्प जलवायु परिवर्तनसम्बन्धी मुद्दामा विश्वले हासिल गरेको सफलता उल्टाउन कटिबद्ध थिए ।

उनका कारण विश्वले नै अतुलनीय क्षति व्यर्होर्नु पर्ने पक्का थियो । हामी अब त्यो अन्धकार युगको अन्त्यमा पुगेका छौँ ।

गएको चार वर्षमा अमेरिकाको संघीय सरकार बाहिर रहेका धेरैले जलवायु परिवर्तनका विषयमा सफलता हासिल गर्दै गए ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले स्वच्छ ऊर्जा क्रान्ति र पर्यावरण न्याय योजनाको प्रचार गर्न थालिसकेका छन् । यो योजनाले शतप्रतिशत स्वच्छ ऊर्जा र नेट जिरो कार्बन उत्सर्जनसन् २०५० अघि नै प्राप्त गर्ने लक्ष्य लिएको छ ।

राज्य र स्थानीय सरकारहरू, संघसंस्था र ठूलासाना व्यापारिक समुदाय सबैले राष्ट्रपति ट्रम्पको जलवायु परिवर्तनका असर न्युनीकरणसम्बन्धी मुद्दा र प्रतिबद्धताबाट पछाडि फर्किने नीतिलाई बेवास्ता गर्दै दीर्घकालीन भविष्यका लागि काम गर्दै गए ।

अमेरिका बाहिर, धेरै देशहरूले जलवायु परिवर्तनका असर न्युनीकरणसम्बन्धी वाचाहरू पूरा गर्दै गए । यसका लागि उनीहरूले एक व्यवस्थित र ठोस नीति तर्जुमा पनि गरे ।

यसक्रममा युरोपियन युनियनले अग्रणी भूमिका निर्वाह गरेको छ । युरोपियन युनियनकी अध्यक्ष अर्सुला वाँन डेर लायनको नेतृत्वले जलवायु परिर्वतनको अवस्था तटस्थ राख्न ‘युरोपियन ग्रीन डिल’ घोषणा गर्‍यो जसले सन् २०५० सम्ममा ‘नेट जिरो कार्बन डाइअक्साइड’ उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ ।

यस्तै २२ सप्टेम्बरमा संयुक्त राष्ट्रसंघलाई गरेको सम्बोधनमा चिनियाँ राष्ट्रपति सि चिन फिङले चीनको यस्तै लक्ष्य घोषणा गरेका छन् । चीनले सन् २०६० सम्ममा ‘कार्बन तटस्थ राष्ट्र’ भन्ने लक्ष्य लिएको छ । चीनको सुरुवाती अवस्था हेर्दा, उसको यो लक्ष्य युरोपियन युनियनको भन्दा धेरै महत्वकांक्षी देखिन्छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले ‘स्वच्छ ऊर्जा क्रान्ति र पर्यावरण न्याय योजना’ को प्रचार गर्न थालिसकेका छन् । यो योजनाले शतप्रतिशत स्वच्छ ऊर्जा र ‘नेट जिरो कार्बन उत्सर्जन’ सन् २०५० अघि नै प्राप्त गर्ने लक्ष्य लिएको छ ।

अमेरिकाको सिनेटमा कसको बहुमत हुन्छ भन्ने कुरा आगामी महीना हुने जर्जियाको निर्वाचनले तय गर्ला । अहिले नै बाइडनको नीति कति कार्यान्वयन हुन्छ भन्न सकिने अवस्था छैन तर जुनसुकै तरिकाबाट पनि बाइडन प्रशासनले कार्बन उत्सर्जन घटाउन प्रयास गर्नेछ ।

ह्वाइट हाउसमा बाइडन प्रवेश गर्नै लाग्दा संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र चीनका सामु एक ऐतिहासिक अवसर छ जसका माध्यमबाट उनीहरूबीच सहकार्य हुनुका साथै पारस्परिकरूपमा उनीहरूलाई लाभदायी पनि हुनेछ ।

जपानका नयाँ प्रधानमन्त्री, योसिहिदे सुगाले पनि उनको देशले सन् २०५० सम्ममा जलवायु तटस्थता हासिल गर्ने वाचा गरेका छन् । यस्तै वाचा दक्षिण कोरियाले पनि केही दिनअघि गरेको छ ।

विश्वभरकै नीति निर्माताका लागि जलवायु परिवर्तनसम्बन्धी विषय एक महत्वपूर्ण एजेन्डा हो । त्यसैले, हामीले आउने दिनमा यो चुनौतीसँग जुध्न सामूहिकरूपमा तयारी गर्नुपर्छ ।

ह्वाइट हाउसमा बाइडन प्रवेश गर्नै लाग्दा संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र चीनका सामु एक ऐतिहासिक अवसर छ जसका माध्यमबाट उनीहरूबीच सहकार्य हुनुका साथै पारस्परिकरूपमा उनीहरूलाई लाभदायी पनि हुनेछ ।

यी तीन महत्वपूर्ण क्षेत्रमध्येबाट कार्बन उत्सर्जन कम गर्ने रणनीतिका कारण निकट भविष्यमा कोभिड–१९ को संकटबाट उठ्ने क्रममा तिव्रता आउने अनुमान गर्न सकिन्छ । साथै, स्वच्छ ऊर्जा संक्रमणका माध्यमबाट दीर्घकालीन विकासले गति लिनेछ ।

यस मोर्चामा गरिएको सहकार्यले जलवायु स्थिरताका क्षेत्रमा मात्रै होइन, परन्तु अन्तर्राष्ट्रिय सम्बन्धसहित अन्य क्षेत्रमा पनि सहकार्यको अवसर खुला गर्नेछ ।

विश्वका तीन ठूला औद्योगिक शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र चीनले व्यापार सम्बन्ध, औद्योग, भूराजनीतिक महत्वाकांक्षा, मानवअधिकार, सुरक्षा र खुला बजारको दायरासहितको सहअस्तित्वको एक विस्तृत शृंखलालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ध्यान दिन थालेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी एउटा साझा धारणा बनाएर बाइडन, वाँन डेर लायन र सिले यसलाई एउटा साझा मुद्दाका रूपमा स्वीकार गरिसकेका छन् ।

अर्को कदम भनेको शिखर सम्मेलनको प्रक्रिया सुरु हुनुअघि सम्झौता भएका क्षेत्रलाई अङ्गीकार गर्नुपर्ने हुन्छ । जसले गर्दा विवादित मुद्दा सम्बोधन गर्न सकिनेछ ।

ग्लासगोमा आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप २६) हुनभन्दा करीब एक वर्षअघि, यी तीन नेताले सार्थक बहुपक्षीय कदमका लागि आवश्यक पर्ने धरातल तयार गर्न सुरु गर्नुपर्छ ।

यसो गर्दा सबै सदस्यले केही वर्षपहिले आफूले गरेको वाचा पूरा गर्न सक्नेछन् । जुन प्रविधि हिजोका दिनमा मध्यम किसिमका थिए, एक्काइसौँ शताब्दीसम्म आइपुग्दा यो ऊर्जा क्षेत्रकै एक उन्नत प्रविधिका रूपमा विकास भएकोले पनि वाचा पूरा गर्न सकिने आधार निर्माण भएको छ ।

सौर्य ऊर्जा प्रणाली र वायु ऊर्जा लागतमा आएको नाटकीय गिरावटका कारण यो प्रविधि दूर दराजसम्म पुगेको छ । यस्तै ब्याट्रीबाट र विद्युतबाट चल्ने सवारीसाधनको प्रयोगमा पनि निकै वृद्धि भएको छ । यसका अलावा, जलवायु तटस्थ अर्थव्यवस्थाका लागि आवश्यक पर्ने विकेन्द्रीकृत तत्वहरूलाई समायोजन गर्ने कामका लागि डिजिटल प्रविधिको तीव्र प्रयोग गरिँदैछ ।

अत्यन्तै प्रभावकारी सैर्य प्रणाली, कम लागतको जियो थर्मल ऊर्जा, वायु ऊर्जा, हरित हाइड्रोजन लगायतका नवीन प्रविधिको विकास हुने क्रम बढ्दै गएको छ । यी सबै नयाँ प्रविधिले स्वच्छ ऊर्जा क्रान्तिमा एक आयाम थप्नेछन् ।

लगानीकर्ताहरूले पनि यी विषयमा ध्यान दिन थालेका छन् । केही प्रमुख कम्पनीले त यो दौडको वक्र रेखाबाट कम्पनीलाई अगाडि लाने प्रतिस्पर्धा नै गर्दैछन् । हालैका दिनमा निजी क्षेत्रले गरेको आर्कषक वाचाले हामी आगामी दिनमा अझै राम्रो गर्न सक्नेछौँ भन्ने विश्वास गर्ने ठाउँ छ ।

जलवायु परिवर्तनका विषयमा विश्व स्पष्टरूपमा आफ्नो गन्तव्यतिर हिँडे पनि हामी जलवायु परिर्वतनको संकटलाई सम्बोधन गर्ने गरी अघि बढ्न सक्छौँ कि सक्दैनौँ भन्ने तय भइसकेको छैन ।

आउने वर्षहरूका लागि कठिन तर आशाजनक कुरा भनेको आर्थिक पक्षका नवीन क्षेत्रलाई एकाकार गर्नु हुनेछ । यो क्षेत्रलाई एकाकार गर्न किन पनि आवश्यक छ भने यसले हरित प्रविधिलाई बढावा दिनेछ ।

भाग्यवश, यी प्रयत्नहरू श्रमिकको हित लक्षित हुनेछन् । यसले नयाँ खालको रोजगारीको र नयाँ आर्थिक विकासको अवसर पनि दिनेछ ।

जलवायु परिवर्तनका विषयमा विश्व स्पष्टरूपमा आफ्नो गन्तव्यतिर हिँडे पनि हामी जलवायु परिर्वतनको संकटलाई सम्बोधन गर्ने गरी अघि बढ्न सक्छौँ कि सक्दैनौँ भन्ने तय भइसकेको छैन ।

आर्टिक र अन्टार्टीकमा भएका घटनाले हामी सबैलाई चिन्तित पार्ने विषय प्रमुख समाचार बनेको देखेका छौँ । एकातिर हामी बस्ने ग्रहको तापक्रम बढ्दै गएको छ, अर्कोतिर ग्लेसियर पग्लिएर समुद्रको तह बढ्दै गएको छ । यसले हामी गम्भीर दिशातर्फ अग्रसर भएको देखाउँछ ।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियामा हालैका वर्षमा भएका विनाशकारी आगलागीले हामीले भविष्यमा केसम्मका घटना सामना गर्नुपर्ने हुनसक्छ भन्ने छनक दिएको छ । हामी यथास्थितिमै रहन्छौँ भने छोटोछोटो समयमा ठूलाठूला बाढी पहिरो, खडेरी, तुफान र अन्य नयाँ मौसमी समस्या चरमरूपमा भोग्नुपर्ने हुनसक्छ ।

दृढतापूर्वक र सामूहिकरूपमा गरिने काममा नै आशा गर्न सकिन्छ । स्वच्छ ऊर्जा संक्रमणमा तीव्रता ल्याएर हामी केवल जलवायु परिवर्तनजस्तो भयावह परिणामबाट मात्रै बच्दैनौँ, यससँगै हामीले स्वच्छ हावापानी, राम्रो जागिर, सुरक्षित र शान्त समाज तथा सुदृढ आर्थिक अवस्थाबाट भविष्यमा फाइदा लिन सक्नेछौँ ।

समस्या र अनिश्चितताले जकडिएको यो विश्वमा निश्चित समस्या समाधान गर्न प्राप्त अवसर सदुपयोग गर्न आवश्यक हुन्छ । हामी बाँचिरहेको समयमा गर्नुपर्ने काम पनि यही हो ।

यी सबै हासिल गर्न एक सक्षम नेतृत्व आवश्यक पर्छ । जसलाई यो लक्ष्यसँगै जोडिएका समुदायका अभियन्ता, वैज्ञानिक, व्यापारी, नीति निर्माताले सहयोग गर्नुपर्ने हुन्छ । हामी सबैका लागि सुरक्षित भविष्य निर्माणार्थ मिलेर मार्ग निर्देश गर्न सक्छौँ ।

(जुल्स कोर्टेनहस्ट्र रक्की माउन्टेन इनच्युटिउडका प्रमुख कार्यकारी हुन् । एन्ड्रेयस कुलम्यन जर्मन ऊर्जा ऐजेन्सीका कार्याकारी प्रमुख हुन् । यो लेख हामीले प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद गरेका हौँ ।)  

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ४५ बजे

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२