एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयू दुःखी | Khabarhub Khabarhub

एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयू दुःखी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले यूरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको जसका कारण चलिरहेको वार्तामा बाधा पुगेको ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ ।

यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ)ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयूलाई स्वीकृति दिएको थियो । तर बदलामा अमेरिकाले ईयूका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो ।

यद्यपि ब्रसेल्सले समस्याको समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन् ।

युरोपेली आयोगले भनेको छ, ‘अफसोस छ कि संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा करवृद्धि गर्ने निर्णयप्रति आयोग दुःख व्यक्त गर्दछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्ति अन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो ।

उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिंगटनले सात अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा करवृद्धिको घोषणा गरिसकेको छ ।

वाशिङ्टनले मदिरा (वाइन), चीज र जैतुन तेल जस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ । ईयूले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४२ बजे

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम