क्यान्सरबाट बचाउने खानेकुरा : ब्रोकाउलीदेखि लसुनसम्म | Khabarhub Khabarhub

क्यान्सरबाट बचाउने खानेकुरा : ब्रोकाउलीदेखि लसुनसम्म


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले दैनिक रुपमा खाने खानाले केही न केही फाइदा गरिरहेको हुन्छ । तर, केही खाना यति गुणकारी छन् की ती खानाको नियमित सेवन गर्‍यो भने हामीलाई स्वस्थ राख्न भरपुर मद्दत गर्छ ।

यी हुन क्यान्सरबाट बचाउने खानेकुरा

१. ब्रोकाउलीः ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउछ । मानव शरीरले पनि यो हार्मोन निर्माण गर्छ । तर, ब्रोकाउलीले  खाएपछि मात्रै त्यो हार्मोन सक्रिय हुन्छ । धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरीरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरीरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी घातक क्टेरीयाबाट बच्न सकिन्छ ।

२. लसुनः तपाईँ हामी कतिपय व्यक्तिलाई लसुनको गन्ध नै मन पर्दैन । तर, त्यही लसुन  क्यान्सरबाट बचाउनका लागि यो एकदमै उपयोगी छ । पहिलेदेखि नै क्यान्सर भएमा पनि लसुनको प्रयोग गर्नुपर्छ । लसुनको सेवन गर्नाले क्यान्सरको कोशिका छिट्टै नष्ट हुन्छ र डिएनए पनि छिट्टै ‘रिपेयर’ हुन्छ । लसुनमा एच पाइलोरीसहित ब्याक्टेरियासँग लड्ने एन्टीअक्सिडेन्ट गुण हुन्छ । जुन अल्सर र पेटको क्यान्सरको हुनबाट बचाउँछ ।

३. अदुवाः अदुवामा पाइने एन्टी अक्सिडेन्टसले क्यान्सरको सेल्ससँग लड्न मद्दत गर्छ । नियमित रुपमा अदुवा खाएमा क्यान्सर हुने सम्भावना निकै हदसम्म कम गर्छ । यसको साथै अदुवाले कोलेस्ट्रोलको स्तर पनि कम गर्छ । यसले रगतको क्लट जम्नबाट पनि रोक्छ । यसमा एन्टी फंगल र क्यान्सरको प्रतिरोधी गुण पनि पाइन्छ ।

४. गाजरः गाजर स्वादको हिसावले पनि निकै मिठो हुन्छ । त्यसको साथै स्वास्थ्य गुण भएको सब्जी हो । यसको सेवनले क्यान्सरबाट बच्न सहयोग गर्छ । गाजरमा रोगसँग लड्न सक्ने पोषक तत्व र एन्टीअक्सिडेन्ट जस्ता बीटा क्यारोटिन आदि प्रचुर मात्रामा पाइन्छ । जसले कोशिका झिल्लीको क्षतिग्रस्त हुनबाट रक्षा गर्छ र क्यान्सर कोशिकाहरुको विकासको गतिको कम गर्छ । यस सन्दर्भमा न्युक्यान्सल युनिभर्सिटी र युनिभर्सिटी अफ साउर्दन डेनमार्कको वैज्ञानिकहरुको शोधमा गाजरमा जीवाणुनाशक फ्यालक्यारिनाल पाइन्छ, जो मानवको लागि लाभदायक मानिन्छ । शोधकर्ताको अनुसार फ्यालक्यारिनाल क्यान्सरको आशंकाको ३३ प्रतिशतसम्म कम गर्नमा सहयोग गर्छ ।

५. पौष्टिक सब्जीः जाडोको मौसम छ । बजारमा पौष्टिक सब्जीहरु निस्कन थालिसकेको छ । यस्ता सब्जीहरुले हाम्रो स्वास्थ्यलाई फाइदामात्र गर्दैन, धेरै प्रकारको रोग लाग्नबाट पनि बचाउछ । केही खाना यस्तो छ जसको हामीले नियमित आहारमा सामिल गर्यौ भने क्यान्सर जस्तो ज्यानमारा रोगबाट पनि बच्न सक्छौँ । प्रकृतिले हामीलाई सबै कुरा मिलाएर दिएको छ । कुन सिजनमा हामीलाई कस्तो खानाको आवश्यकता पर्छ त्यस्तै खाना त्यो सिजनमा पाइन्छ । त्यसैले सिजनमा पाइने खानेकुराको मात्र सेवन गरौँ भरसक बेमौसमी तरकारी फलफुलहरुको सेवन नगरौँ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ४५ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की