सेयर बजारमा नयाँ रेकर्ड, नेप्से हालसम्मकै उच्चविन्दुमा | Khabarhub Khabarhub

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से हालसम्मकै उच्चविन्दुमा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ ।

केही दिन सुस्त रहेको बजारमा बुधबारदेखि पुनः उकालो लागेको हो।

खरिदबिक्री रकममा पनि बृद्धि हुन थालेको छ । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र बैंक ब्याजदर पनि सस्तो भएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन पनि घटाएकाले बजार सकारात्मक भएको विश्लेषकको भनाई छ ।

नेप्सेमा बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०५ ले बढेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अघि आएको छ । यसको ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : ०० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने