कुवेतमा गैरकानूनी बसेकालाई दिएको आममाफी एक महिना थप | Khabarhub Khabarhub

कुवेतमा गैरकानूनी बसेकालाई दिएको आममाफी एक महिना थप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतले गैरकानूनी रूपमा बसोबास गरेका नेपालीसहित बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ ।

कुवेतले गैरकानूनी बसोबास गरेका बिदेशी कामदारलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३० तारिखमा सकिएसंगै थप एक महिनाको समय दिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कुवेतले दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाइदा लिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर ३१ देखि  जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ । आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १ : ३० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा