नेकपाको जिल्ला–जिल्लामा शक्ति प्रदर्शनको होड | Khabarhub Khabarhub

नेकपाको जिल्ला–जिल्लामा शक्ति प्रदर्शनको होड



पोखरा– सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि जिल्ला जिल्लामा पार्टीका दुबै समूहमा शक्ति प्रदर्शनको होड चलेको छ ।

पार्टीको ठूलो शक्ति आफूतिर रहेको देखाउन दुबै समूहले जिल्ला जिल्लामा प्रदर्शन, गुटगत भेला तथा प्रशिक्षणहरु गरिरहेका छन् । गण्डकी प्रदेशका सबैजसो जिल्लाहरुमा दुबै समूहले भेला प्रशिक्षण गर्न थालेका हुन् ।

दाहाल–नेपाल समूहले जिल्ला जिल्लामा कार्यकर्ता भेला तथा प्रशिक्षण भनेर कार्यक्रम गरिरहेको छ भने ओली समूहले सडकमा मास प्रदर्शन गरी शक्ति देखाउने होडमा छ ।

कतै कार्यालय कब्जा, कतै प्रदर्शन

पार्टी विभाजनलगत्तै ओलीसमूहले अधिकांश ठाउँमा बल प्रयोग गर्न थालेको छ । पार्टी कार्यालयहरुमा तालाबन्दी गर्नेदेखि दाहाल–नेपाल समूहको भेलामा अवरोध गर्ने काममा ओलीसमूह अगाडि देखिएको छ ।

पार्टीमा विभाजनको रेखा कोरिएपछि लमजुङमा ओली समूहले पार्टी कार्यालयमा तालाबन्दी गरे । ओली निकट कार्यकर्ताहरुले जिल्ला अध्यक्षकै कार्यकक्षमा ताला लगाउँदै गुटगत गतिविधि नगर्न चेतावनी दिए ।

जिल्ला अध्यक्ष मधुमायाँ अधिकारी दाहाल–नेपाल समूहको भएकाले युवा संघको जिल्ला संयोजक ऋषि बस्नेत नेतृत्वको ओली समूहले कार्यालयमा तालाबन्दी गरी अधिकारीलाई केहीबेर कार्यकक्षमा थुन्नेसमेत काम गरे । शक्तिको होडमा दुबै समूहले बेशीसहरमा छुट्टाछुट्टै प्रदर्शन गरे ।

दाहाल–नेपाल समूहले नवलपुरको गैंडाकोट नगरकमिटीले आयोजना गरेको कार्यकर्ता भेला पनि ओली समूहले अवरोध गर्यो ।

दाहाल–नेपाल समूह कार्यकर्ता प्रशिक्षणमा

नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले भने प्रशिक्षण तीब्र पारेको छ । पार्टीको स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह–इन्चार्ज यशोदा सुवेदी गुरुङ लगायतका नेताहरु भेला प्रशिक्षणमा ब्यस्त रहेका छन् ।

दाहाल–नेपाल समूहले कास्की, म्याग्दी, तनहुँ, नवलपुरमा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गरिसकेको छ । भेला प्रशिक्षणमा सो समूहले फुटको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले सत्ताको चरम दुरुपयोग गर्नुका साथै भ्रष्टाचारमा लिप्त भएको दाहाल–नेपाल समूहले आरोप लगाउँदै आएको छ ।

कास्कीको पोखरामा भएको जिल्ला स्तरीय प्रशिक्षणमा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यति होल्डिङ, सुन काण्ड, वाइडवडीदेखि बुढीगण्डकीलगायतका काण्ड मच्चाएर ओलीले देश लुटिरहेको आरोप लगाए ।

कास्कीको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ, चुडामणी जंगली, सीता गिरी, कास्की सचिव बखानसिंह गुरुङ लगायत उपस्थित थिए ।

तनहुँमा दाहाल नेपाल समूहले आइतबार गरेको कार्यकर्ता भेलामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका हरीबहादुर चुमान पनि उपस्थित थिए । चुमान यसअघि रामबहादुर बादल समूहमा हुन् ।

तनहुँ जिल्ला अध्यक्ष केदार सिग्देल र कार्यालय सचिव राजेश्वर ढाकाल ओली समूहमा छन् भने सचिव राजेन्द्रकेशरी न्यौपाने दाहालसमूहमा छन् । पार्टी केन्द्रका निर्णय सार्वजनिक गर्न भन्दै दाहाल समूहका जिल्ला सचिव मित्रशरण शर्मा पनि उपस्थित कार्यक्रम ओली समूहको अवरोधले चल्न सकेन ।

????????????????????????????????????

गण्डकीमा ओलीको बहुमत सांसद

गण्डकी प्रदेशको ६० प्रदेश सदस्यमध्ये बहुमत सदस्य केपी ओली पक्षका छन् । स्वतन्त्रबाट निर्वाचित भई नेकपामा गएका राजीव गुरुङ (दीपक मनाङे) सहित ४० सदस्य रहेको नेकपामा ११ सदस्य दाहाल–नेपाल समूहका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ लिएर पनि बहुमत पुग्न नसक्ने भएपछि ओली पक्षधर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने आँट दाहालसमूहले गरेको छैन । राष्ट्रिय जनमोर्चाको मात्रै साथ लिएर गुरुङ सुरक्षित हुने देखिएका छन् ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : २६ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको