यी हुन् पुरुषको प्रजनन क्षमता बढाउने खानेकुरा | Khabarhub Khabarhub

यी हुन् पुरुषको प्रजनन क्षमता बढाउने खानेकुरा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही खानेकुराले विशेषरुपमा पुरुषको प्रजनन क्षमता बढाउनमा महत्वपूर्ण योगदान दिइरहेका हुन्छन ।

आज हामीले ती खानेकुराको बारमेमा उल्लेख गरेका छौं, जसले पुरुषहरुको यौन तथा प्रजनन क्षमता बढाउन मद्दत गर्छन् ।

स्याउः स्याउको सेवनले पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ । काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ ।

लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजनन क्षमता बढाउन धेरै मद्दत गर्छ ।

केराः केरामा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।

पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।

खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।

गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।

तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।

भिटामिन ‘सी’ युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।

अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता वृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि वृद्धि गर्छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : ५५ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण