यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु (भिडियोसहित) | Khabarhub Khabarhub

यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु (भिडियोसहित)


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।

सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्।

बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

 हेर्नुहोस् बीबीसीको यो भिडियो

त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो। त्यहाँ कम्तीमा दुई वटा विस्फोट भएको जनाइएको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन स्थापित गर्न सैन्य कारबाही सुरु गरेसँगै यमनमा फेरि आक्रमणका घटना बढेका छन् ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । त्यहाँ द्वन्द्वले अहिलेसम्म ११०,००० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : ५० बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ