मलेसियामा ६ नेपाली सेक्युरिटी गार्डको उद्धार | Khabarhub Khabarhub

मलेसियामा ६ नेपाली सेक्युरिटी गार्डको उद्धार



दोहा- मलेसियाको अध्यागमन विभागले ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ ।

रोजगारदाता कम्पनीको श्रम शोषणमा परेका उनीहरूलाई उद्धार गरिएको अध्यागमन विभागले जनाएको हो ।

पीडित नेपालीहरुलाई एटिप्सम र एम्ला पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरको रोकथाम डिभिजनले एक अभियान सञ्चालन गरि उद्धार गरिएको बिज्ञप्तिमा उल्लेख छ।

गोप्य सूचनाको आधारमा बिभागका प्रहरीहरु पीडित नेपालीहरुलाई बन्धक जस्तै बनाएर राखेको होस्टेल निरीक्षण र चेकजाँच गर्दा उनीहरु फेला परेका थिए ।

पीडितहरूका अनुसार ६ महिनादेखि तलब वा काम नदिएको बताएका छन् । रोजगारदाता कम्पनीले दैनिक जीवनका लागि पनि कुनै सहयोग नगरेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरूलाई सुरक्षा दिएर सुरक्षित घरमा राखिएको र कम्पनी मालिकलाई बोलाइएको विभागले जनाएको छ । कम्पनी र उद्धार गरिएका ती नेपालीहरु को हुन् भन्ने बारे केहि परिचय खुलाएको छैन ।

मानव बेचबिखनको आरोपमा मानव तस्करी रोकावट तथा ब्यवसाय विरोधी ऐन २००७ को धारा १२ अन्तर्गत अनुसन्धान भइरहेको बिभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६