मुम्बईसँग दिल्ली ९ विकेटले पराजित | Khabarhub Khabarhub

मुम्बईसँग दिल्ली ९ विकेटले पराजित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

आजको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए । शिम्रन हिटमायरले ११ रन बनाउदा ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए ।

कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ०६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०