आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए ।

सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन ।

मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए ।

मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्लेअफमा पुग्नेछ । मुम्बईले अहिले सम्म खेलेको १२ खेल मध्ये ८ मा जित र ४ मा हार ब्योहोरेको छ ।

टोली १६ अंक र १.१८६ रनरेट सहित अंक तालिकाको शिर्षमा रहदै आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको छ । १२ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : ५३ बजे

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै