जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो | Khabarhub Khabarhub

जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

जर्मनीको स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

जर्मनीमा कोरोना संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।

जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ४५२ पुगेका छ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि कतिपय क्षेत्रमा निषेधाज्ञा समेत लागू गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : ०१ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।