डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना | Khabarhub Khabarhub

डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना

आइसोलेसनबाटै भने, नआत्तिनुस् मलाई केही लक्षण छैन


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ ।

आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको डाक्टर रिजालले खबरहबलाई बताए । शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए ।

‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा मलाई पनि कोरोना पोजेटिभ भयो, मसँगै मेरो पत्नीलाई पनि कोरोना पुष्टि भयो,’ डा रिजालले खबरहबसँग भने, ‘शनिवार कोरोना पुष्टि भएपछि आइतबार हामी दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएका छौं ।’

अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए ।

‘हिजो अलि समस्या भएको थियो, त्यसैले अस्पताल भर्ना भयौं,’ डा रिजालले भने, ‘अहिले मेरो अवस्था सामान्य नै छ, लक्षणहरु पनि खासै छैन ।’

उनले बिरामीको स्वास्थ्य उपचार गर्दागर्दै चिकित्सकहरु कोरोना संक्रमित हुने र परिवारलाई पनि सर्न सक्ने जोखिम बढी रहेको बताए । उनले कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने बताए ।

‘हामी जो कसैलाई पनि कोरोना संक्रमण हुनसक्छ, तर कोरोना लागिहाल्यो भन्दैमा आत्तिनु हुँदैन, मलाई अहिलेसम्म ठिक छ, छिट्टै निको हुनेछौं भन्ने आत्मविश्वास छ,’ डा रिजालले भने, ‘चिकित्सकलाई कोरोना संक्रमण भयो भने, नराम्रो व्यवहार नगरौं, सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं, कोरोना लाग्न सक्छ, सचेत बनौं ।’

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ०६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर